× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखिका एनी अर्नोलाई

    २ वर्ष पहिले

    असोज -२०, यस वर्ष साहित्य तर्फको नोबेल पुरस्कार फ्रान्सेली लेखिका एनी अर्नोलाई प्रदान गरिएको छ । लेखनलाई राजनीतिक कार्य मान्ने अर्नोलाई यस वर्षको पुरस्कार प्रदान गर्ने निर्णय स्वीडिस प्रतिष्ठानले गरेको हो ।

    ८२ वर्षीया उपन्यासकार अर्नोले आफ्नो लेखनको साठी दशकमा गैरकानुनी गर्भपतनदेखि विवहाइत्तर सम्बन्धसहित विषय बनाएकी छन् । १९०१ मा स्थापना भएको साहित्यतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने उनी १७ औं महिला लेखक हुन् । निडर भएर आफ्नो व्यक्तिगत कथा भनेवापत उनलाई यस वर्षको साहित्य क्षेत्रको नोबेल पुरस्कार दिइएको हो ।

    पुरस्कार वापत उनले १ करोड स्विडिस क्रोनर पाउने छिन् ।