× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रातको समयमा मुग्लिन नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्र सावधानीका साथ यात्रा गर्न सडक डिभिजनको अनुरोध

    २ वर्ष पहिले

    असोज -२०,अबिरल वर्षाका कारण पटक पटक पहिरोले अबरुद्ध हुदै खुल्दै गरेको मुग्लिन नारायणगढ सडकखण्डको अवस्था बुझेर मात्र सावधानीका साथ यात्रा गर्न सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ।

    दिउँसोको समयमा मुग्लिन नारायणगढ सडक खण्डको मौरिपुल केराबारी र १८ किलोमा आएको पहिरो पन्छाएर सडक खोलिएता पनी पुन: पहिरो आई पटकपटक सडक अवरुद्ध भएको र अझै पनि पानी पर्नेक्रम नरोकिएको अवस्थालाई मध्नजर गर्दै रातिको समयमा यस सडककाे प्रयोग सकभर नगर्न सडक डिभिजन कार्यालय भरतपुरले अनुरोध गरेको छ।

    यदि बाध्यात्मक अवस्था आएर यो सडकखण्ड प्रयोग गर्नु परे सडकको अवस्था बुझेर मात्र सावधानीका साथ यात्रा गर्न पनि अनुरोध गरेको छ।