× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा भारी देखी धेरै भारी वर्षाको संभावना

    २ वर्ष पहिले

    असोज-२१, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा भारी देखी धेरै भारी वर्षाको संभावना रहेको छ।

    विभागका अनुसार हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

    आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखी धेरै भारी वर्षाको संभावना रहेको छ।

    यस्तै, राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदलि रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।