× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनाका एमाले नेता कृष्ण सिलवालले चितवन क्षेत्र नं.२ ‘क’ को प्रदेशसभाको सदस्यको टिकट पाए

    २ वर्ष पहिले

    असोज -२१, नेकपा एमालेले चितवन क्षेत्र नं.२ ‘क’ मा इच्छाकामना गाउँपालिका वडा न ५ मुग्लिन निवासी कृष्ण सिलवाललाई टिकट दिएको छ।

    चितवन क्षेत्र नं. २ ‘क’ बाट नेकपा एमालेको तर्फबाट प्रदेश सभाको सदस्यमा टिकट पाएका सिलवाल नेकपा एमाले इच्छाकामनाका अध्यक्ष, पूर्व गा.वि.स उपाध्यक्ष (२०५४- एमाले), अधिवक्ता, शिक्षाप्रेमी, समाजसेवी र प्रखरवक्ता हुन् ।

    टिकट पक्का भएपछि सिलवालले हाइवे समाचारसंग कुरागर्दै आफ्नो जित सुनिश्चित भएको दावी गरे ।

    सिलवाल आफुले टिकट पाएको क्षेत्र गत स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धन हुँदा पनि एमाले एक्लैले इच्छाकामनाको अध्यक्ष, उपाध्यक्ष, कालिका नगरपालिकाको मेयर र उपमेयर जितेकोले जित सुनिश्चित भएको बताए ।