× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सुदूरपश्चिमका मुख्य दुई भीमदत्त र केआईसिँह राजमार्ग पहिरोका कारण अवरुद्ध

    २ वर्ष पहिले

    असोज -२३, सुदूरपश्चिमका मुख्य दुई राजमार्ग पहिराका कारण अवरुद्ध भएका छन् ।

    डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिँह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

    भीमदत्त राजमार्गको साहुखर्क र केआईसिँह राजमार्गको रडुवामा पहिरो गएको छ ।

    लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । प्रदेशका पहाडी जिल्लाहरुमा वर्षाका कारण टेलिफोन र विद्युत् सेवासमेत अवरुद्ध हुँदै आएको छ ।