२ वर्ष पहिले
असोज-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ३१ सय जना पुगेको छ ।
२४ घण्टामा १ हजार ३ सय जनाको पिसिआर परीक्षण गर्दा २० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ४२ हजार ७ सय ८१ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ४ सय ६१ जनाको एन्टिजन विधिबाट परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख २५ हजार ५ सय ७० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा २३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार २ सय ९८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ सय ७० जना रहेको छ।