× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रवि लामिछाने सहित चितवनमा १ सय २२ जनाको उम्मेद्वारी

    २ वर्ष पहिले

    आश्विन २३, चितवन
    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चितवनमा १ सय २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चितवनमा रहेको ३ संघिय निर्वाचन क्षेत्र र ६ प्रदेश क्षेत्रका लागी उनिहरुले उम्मेदवारी दर्ता गराएका हुन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय चितवनका अनुसार प्रतिनिधि सभा निर्वाचनका क्षेत्र नं १ मा सत्ता गठवन्धनका तर्फबाट योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल र नेकपा एमालेका तर्फबाट उपाध्यक्ष सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

    यस्तै चितवन क्षेत्र नं. २ मा प्रतिनिधि सभा निर्वाचनका लागि १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु मध्ये सत्ता गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका नेता बन राज्य मन्त्री उमेश श्रेष्ठ, नेकपा एमालेका कृष्णभक्त पोख्रेल, राप्रपाका तर्फबाट रविन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

    यस्तै राष्ट्रिय स्वातन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले समेत चितवन क्षेत्र नम्बर २ बाट आफ्नो उम्मेदवारि दर्ता गराएका छन् । यसैगरि चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा निर्वाचनका लागि २१ जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार सत्ता गठवन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का डा. भोजराज अधिकारी, नेकपा एमालेका राम प्रसाद न्यौपाने र राप्रपाका उपाध्यक्ष बिक्रम पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको हो । यस क्षेत्रमा १२ जना स्वतन्त्र उम्मेदवारले नाम दर्ता गराएका छन् ।

    जिल्लामा हाल ४ लाख ८ हजार ३४२ जना मतदाता रहेका छन् । क्षेत्र नम्बर १ मा १ लाख ३९ हजार ८४५ जना, क्षेत्र नम्बर २ मा १ लाख २४ हजार २१४ जना र क्षेत्र नम्बर ३ मा १ लाख ४४ हजार २८३ जना मतदाता रहेको जिल्ला निर्बाचन कार्यालय चितवनले जनाएको छ । जिल्लामा १६२ मतदान स्थल र ४६० मतदान केन्द्र रहने छन् ।