× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कक्षा १२ को परीक्षा वैशाख दोस्रो साता हुने

    २ वर्ष पहिले

    असोज -२५, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता गर्ने भएको छ।

    बोर्डले मंगलबार शैक्षिक सत्र २०७९/०८० को परीक्षा सञ्चालन सम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै कक्षा १२ को परीक्षा २०८० वैशाख दोस्रो साता हुने जनाएको हो।

    त्यसका लागि पुस १ गतेबाट परीक्षा आवेदन फारम वितरण गर्ने र माघ १५ गतेसम्मा फारम भरिसक्नुपर्नेछ। माघ मसान्तसम्म दोब्बर शुल्कमा परीक्षा आवेदन फारम भरिने र फागुन मसान्तभित्र परीक्षा केन्द्र निर्धारण गर्ने बोर्डको कार्यतालिका छ।

    यस्तै, कक्षा ११ को आशिंक/ग्रेड वृद्धि परीक्षा वैशाखाको तेस्रो हप्तादेखि सञ्चालन गर्ने र ११ को वार्षिक परीक्षा वैशाख अन्तिम सातादेखि सञ्चालन गर्ने भएको छ।

    कक्षा ११ को परीक्षाका लागि पुस १५ गतेसम्म रजिस्ट्रेसन फारम र दोब्बर दस्तुर तिरेर पुस मसान्तसम्म रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डको तालिका छ।

    विद्यालयहरूले माघ १५ गतेभित्र बोर्डका कार्यालयमा रजिस्ट्रेसन फारम बुझाउनुपर्ने र फागुन १५ गतेभित्र रजिस्ट्रेसन फारमको अर्धकट्टी वितरण गर्नेछ।