× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज ह्वात्तै घट्यो सुन तथा चाँदीको भाउ

    २ वर्ष पहिले

    असोज-२५, आज (मंगलबार) सुन तथा चाँदीको भाउ ह्वात्तै घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार २ सय रुपैयाँले घटेर छापावाला सुन ९४ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९५ हजार २ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ प्रतितोला १५ रुपैयाँले घटेर १२ सय १५ रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिनपनि चाँदी प्रतितोला १२ सय ३० रूपैयाँमा नै कारोबार भएको थियोे।