× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सरकारी कर्मचारी र शिक्षकले चुनाव प्रचार गरे कारबाही गर्ने

    २ वर्ष पहिले

    असोज -२५, निर्वाचन आयोगले सरकारी कर्मचारी, विद्यालयका शिक्षक र क्याम्पसका प्राध्यापकहरूलाई चुनाव प्रचारमा नलाग्न निर्देशन दिएको छ ।

    कतिपय कर्मचारी र शिक्षक दलको चुनाव प्रचारमा लागेको पाइएपछि अयोगले कडाइ गरेको हो । कर्मचारी र शिक्षकले उम्मेदवारको बारेमा सामाजिक सञ्जालबाट समेत प्रचार नगर्न आयोगले भनेको छ ।

    प्रचारप्रसारमा संलग्न कर्मचारी र शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाउने, बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीलाई शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएकाले आयोगले कारबाही सुरु गरेको जानकारी दिएको छ ।

    निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको आयोगले स्मरण गराएको छ । प्रचार प्रसार गरेमा आयोगले कारबाही गर्ने चेतावनी दिएको छ ।