× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार

    २ वर्ष पहिले

    असोज -२५, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । विगत १८ दिनदेखि ललितपुरको किस्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा हिजो (साेमवार)भन्दा आज मङ्गलवार केही सुधार आएको अस्पतालले जनाएको छ ।

    मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार आएको र उहाँले सामान्य प्रतिक्रियासमेत देखाउनुभएको अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जानकारी दिनुभयो । छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक्स भने निरन्तर छ । रगत परीक्षणपछि उहाँमा डेङ्गी पुष्टि भइ उपचार भइरहेकाेमा हिजो बढी समस्या आएर उच्च मात्रामा अक्सिजन दिइएको थियो ।

    जोशी एक सय तीन वर्षको हुनुहुन्छ । संस्कृतिविद् जोशीले नेपालको सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएको छ ।