× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकारले निलम्बन गरेको वायुसेवा निगमका अध्यक्ष अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको अन्तरिम आदेश

    २ वर्ष पहिले

    असोज -२५, सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिन अन्तरिम आदेश दिएको छ ।

    न्यायाधीश डा. आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले अधिकारीलाई निगमको अध्यक्षमा रहने गरी भएको न्यायाधीश तिलप्रसाद श्रेष्ठको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश दिएको हो ।

    सरकारले गएको असार ६ गते अधिकारीलाई निलम्बन गरेको थियो । निलम्बनविरुद्ध असार १३ गते उनी सर्वोच्च पुगेका थिए ।

    रिटको प्रारम्भिक सुनुवाइबाट सर्वोच्चले उनलाई अध्यक्षको रूपमा काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

    मंगलबार दुवै पक्षलाई अन्तरिम आदेशको छलफलका लागि पेसी तोकिएको थियो । बहसपछि एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने आदेश भएको हो ।