× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    प्रधानमन्त्री देउवाले गरे जसपाका ४ मन्त्री बर्खास्त

    २ वर्ष पहिले

    असोज -२७, प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

    देउवाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह र वन तथा वातावरणमन्त्री प्रदीप यादव बर्खास्त गरेका छन् । उनीहरुको जिम्मेवारी प्रधानमन्त्री देउवाले नै सम्हालेका छन् ।

    राष्ट्रपति निवासका सहप्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई पदमुक्त गरेकी हुन् । सत्तारुढ गठबन्धन छोडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवा रुष्ट बनेका थिए ।