× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मधेस प्रदेशका मुख्यमन्त्री राउतले सत्तारुढ गठबन्धन दलमा आबद्ध सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी

    २ वर्ष पहिले

    असोज -२७, मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारमा सत्तारुढ गठबन्धन दलमा आबद्ध सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारी गरेका छन् ।

    संघीय सरकारले जनता समाजवादी पार्टी (जसपा) का मन्त्रीहरूलाई हटाएसँगै बिहीबार मुख्यमन्त्री राउतले गठबन्धन दलसँग आबद्ध मधेस प्रदेशका सबै मन्त्रीहरूलाई बर्खास्त गर्ने भएका हुन् ।

    मधेस प्रदेशमा अहिले जसपा‚ नेपाली कांग्रेस‚ नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको संयुक्त सरकार थियो ।

    प्रदेशमा कांग्रेसकाको तर्फबाट ३ मन्त्रीहरू भौतिक पूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादव‚ खानेपानी तथा ऊर्जामन्त्री ओमप्रकाश शर्मा र महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह र मा‌ओ‌वादी केन्द्रको तर्फबाट गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह र गृह तथा सञ्चार राज्यमन्त्री रुवी कर्ण रहेका छन् ।

    यसैगरी एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेका उद्योग‚ वन‚ पर्यटन तथा वातावरणमन्त्री शत्रुघन महतो र प्रदेशसभा तथा कानुनमन्त्री प्रमोद यादवलाई बर्खास्त गर्ने तयारी रहेको छ ‌‌।