२ वर्ष पहिले
असोज-३०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ३ सय ३० सय जना पुगेको छ ।
२४ घण्टामा ६ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा २८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ४८ हजार १ सय ४३ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ५ सय २८ एन्टिजन विधिबाट परीक्षण गर्दा ४ जनामा रहेको छ । हालसम्ममा १४ लाख ३१ हजार ४ सय ४९ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा ७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ४ सय ४५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।
हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ सय ८८ जना रहेको छ।