× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा मंगलबार सार्वजनिक बिदा

    २ वर्ष पहिले

    असोज-३१, सरकारले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्न मंगलबार सार्वजनिक बिदाको घोषणा गरेको छ।

    सरकारले देशभरिका सबै सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगहरुमा कार्तिक १ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

    गृह मन्त्रालयले जोशीको निधनमा शोक व्यक्त गर्न देशभरि सार्वजनिक बिदा दिने निर्णय सोमबार गरेको थियो।

    त्यस्तै, गृह मन्त्रालयले जोशीको निधनमा देशभरिका सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु र विदेशस्थित कूटनीतिक नियोगमा झन्डा आधा झुकाउने निर्णय पनि गरेको छ।

    जोशीको १०३ वर्ष उमेरमा सोमबार निधन भएको हो।