× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक

    २ वर्ष पहिले

    कार्तिक-१, बंगलादेश सरकारले बलिउड अभिनेत्री नोरा फतेहीलाई ढाकामा हुने कार्यक्रममा नृत्य गर्न रोक लगाएको छ । मितव्ययिता अपनाउन र डलरको बचत गर्न सरकारले प्रदर्शनको अनुमति नदिएको भारतीय संचारमाध्यमले उल्लेख गरेको छ।

    ‘विश्वव्यापी अवस्थालाई ध्यानमा राख्दै र विदेशी मुद्रा सञ्चितिलाई कायम राख्ने उद्देश्यले’ नोराको नृत्य प्रदर्शनीलाई अनुमति नदिएको बंगलादेशको संस्कृति मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ। वुमन लिडरसिफ कोर्पोरेशनको आयोजनामा हुने कार्यक्रममा नृत्य गर्न र अवार्ड वितरण गर्न नोरालाई ढाका आमन्त्रित गरिएको थियो।

    बंगालादेशको केन्द्रीय बैंकले डलरको बचत गर्न जारी गरेको ‘सर्कुलर’लाई मध्यनजर गर्दै सो निर्णय लिइएको बताइएको छ।

    बंगलादेशले लिएको ऋणको सम्बन्धमा कुरा गर्न अन्तर्राष्ट्रिय मुद्रा कोषले बंगलादेशमा एक टोली पठाउँदैछ। बंगलादेशको आर्थिक अवस्थामा सुधार ल्याउन पनि कोषको टोलीसँग छलफल हुने बताइएको छ।