२ वर्ष पहिले
कार्तिक -१, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४६ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ४ सय २२ सय जना पुगेको छ ।
२४ घण्टामा ८ सय ३५ जनाको पिसिआर परीक्षण गर्दा ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ५० हजार १ सय ६१ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ६ सय ७५ एन्टिजन विधिबाट परीक्षण गर्दा ४ जनामा रहेको छ । हालसम्ममा १४ लाख ३३ हजार २ सय ५८ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा १७ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ४ सय ७९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ सय ३६ जना रहेको छ।