× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४८ संक्रमित थपिँदा निको हुनेको संख्या ५०

    २ वर्ष पहिले

    कार्तिक -२, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ४ सय ७० सय जना पुगेको छ ।

    २४ घण्टामा ८ सय १९ जनाको पिसिआर परीक्षण गर्दा ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ५० हजार ८ सय ८९ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ९ सय ६४ एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा रहेको छ । हालसम्ममा १४ लाख ३४ हजार २ सय २२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा ५० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ५ सय २९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ७ सय २८;जना रहेको छ।