× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    तनहुँको बेनिटार चेकपोष्ट बाट लागुऔषधसहित आँबुखैरेनी का एकजना पक्राउ

    २ वर्ष पहिले

    कार्तिक-२, तनहुँको आबुखैरेनी गाउँपालिका–४ स्थित बेनिटार चेकपोष्टबाट प्रहरीले लागुऔषधसहित आबुँखैरेनी-३ मिलनचोकका २८ वर्षीय सिजन प्रसाद अधिकारीलाई पक्राउ गरेका छन्।

    कार्तिक १ गते बिहान करिब २:१५ बजेको समयमा मुग्लिङबाट आबुँखैरेनी तर्फ पैदल यात्रा गरेको अधिकारीलाई बेनीटार स्थित मुग्लिन पुलजिपको चेकपोष्टमा चेकजाँचको क्रममा प्रहरीले पक्राउ गरेको हो ।

    आरोपीले निलो प्लाष्टिकको झोलामा ल्याएको नुफिन- १५ एम्पुल, फेनरागन-१५ एम्पुल र डाईजेपाम- १९ एम्पुल गरी जम्मा ४९ एम्पुल बरामद गरिएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीले जनाएको छ।

    उनलाई तनहुँ जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको इप्रका आँबुखैरेनीले जनाएको छ ।