× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राष्ट्रिय स्वतन्त्र पार्टी इच्छाकामनाको सभापतिमा जितबहादुर थापा, सचिवमा सुदिप त्रिपाठी

    २ वर्ष पहिले

    कार्तिक-३, पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको इच्छाकामनाको सभापतिमा जित बहादुर थापा तथा सचिवमा सुदिप त्रिपाठी चयन भएको छ।

    मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको संयोजक रवि लामिछाने उम्मेदवार बनेपछी सोहि क्षेत्रमा आक्रमक रुपमा संगठन बिस्तार गरेको छ।

    पारम्परिक राजनैतिक पार्टीसंग जनताको विश्वास गुमेको भन्दै बैकल्पिक राजनैतिक शक्तिको रुपमा आफुलाइ पेश गरेको दावी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले इच्छाकामना गाउँपालिकामा पनि संगठन बिस्तार गरेको हो।

    चितवन क्षेत्र २ अन्तर्गत रहेको इच्छाकामनामा पहिलोपटक चुनावी भेटघाटका लागि आएका रवि लामिछानेले मुग्लिन,फिस्लिङ कुरिनटारका स्थानियसंग घर घरमै पुगेर भेटघाट र परिचय गरे पश्चात कुरिनटारमा आयोजित भेलाले इच्छाकामना वडा नं ५ मुग्लिनका युवा नेता जितबहादुर थापालाई सभापति र वडा नं ४ कुरिनटारका सुदिप त्रिपाठीलाई सचिव पदमा चयन गरिएको हो।

    हाल सभापति र सचिव मात्र चयन भएको र कार्तिक ४ गते पुर्णरुपमा कमिटी गठन हुने इच्छाकामना सभापति थापाले बताउनुभयो।

    त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी इच्छाकामनाको पुर्ण कमिटी गठन पश्चात प्रत्येक वडामा वडा कमिटी बिस्तार गरिने जानकारी दिनुभयो।