२ वर्ष पहिले
कार्तिक -४, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ५ सय ७७ सय जना पुगेको छ ।
२४ घण्टामा १ हजार १३ जनाको पिसिआर परीक्षण गर्दा ४८ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ५२ हजार ७ सय ९१ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा १ हजार ४ सय ६७ एन्टिजन विधिबाट परीक्षण गर्दा ६ जनामा रहेको छ । हालसम्ममा १४ लाख ३६ हजार ४ सय ६२ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा ५४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ६ सय ३४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ सय २१जना रहेको छ।