२ वर्ष पहिले
कार्तिक -५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ६ सय २० सय जना पुगेको छ ।
२४ घण्टामा ४ सय ३५ जनाको पिसिआर परीक्षण गर्दा ४३ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ५३ हजार २ सय २६ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ३ सय ६३ एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य संख्यामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ३६ हजार ८ सय २५ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा ४८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ६ सय ८२ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ सय १६ जना रहेको छ।