× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनामा राष्ट्रिय स्वतन्त्र पार्टीकाे गाउपालिकास्तरीय कमिटी गठन ।

    २ वर्ष पहिले

    कार्तिक ५, चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको इच्छाकामनाको सभापति जित बहादुर थापाकाे सभापतित्वमा इच्छाकामना गाउपालिकास्तरीय कमिटी गठन प्रकृया टुंग्याइएकाे सभापति थापाले हाइवे समाचारलाइ जानकारी दिनुभयाे ।

    मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको संयोजक रवि लामिछाने उम्मेद्वार बनेपछी सोहि क्षेत्रमा आक्रमक रुपमा संगठन बिस्तार गरेको छ।

    पारम्परिक राजनैतिक पार्टीसंग जनताको विश्वास गुमेको भन्दै बैकल्पिक राजनैतिक शक्तिको रुपमा आफुलाइ पेश गरेको दावी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले इच्छाकामना गाउँपालिकामा बिस्तार गरेकाे कमिटीले पुर्णरूप पाएकाे हाे । अब वडा कमिटीलाइ पनि यहि द्रुत गतिमा पुरा गर्ने र शसक्त ढंगले प्रचारप्रसारमा लाग्ने सचिव सुदिप त्रिपाठीले बताउनु भयाे । ३ महिला समेत गरी जम्मा ११ जनाकाे कार्यसमिति गठन भएकाे समेत सचिव त्रिपाठीले बताउनु भयाे ।