२ वर्ष पहिले
कार्तिक -६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ६ सय ६१ सय जना पुगेको छ ।
२४ घण्टामा ४ सय ४५ जनाको पिसिआर परीक्षण गर्दा ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ५३ हजार ६ सय ७१ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ८ सय ५ एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ३७ हजार ७ सय ३० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा ५८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ७ सय ४१ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १८ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६ सय ९६ जना रहेको छ।