× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    उम्मेदवारहरूले कार्तिक १८ बाट र्‍याली, गोष्ठीलगायत प्रचारका कार्य गर्न पाउने, मौन अवधि नहुने

    २ वर्ष पहिले

    कार्तिक -६, उम्मेदवारहरूले आगामी कार्तिक १८ गतेदेखि मंसिर २ गतेसम्मको अवधिमा कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार गरेर निर्वाचन प्रचारपसार गर्न पाउने भएका छन् ।

    आइतवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सञ्चार माध्यमको भूमिका विषयक प्रदेशस्तरीय कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन् ।

    आयुक्त भण्डारीले यसअघि आयोगले मौन अवधिको अभ्यास गर्दै आएपनि मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा नदेखिएको भन्दै यसपटक संविधान, ऐन र नियमले नदेखेको, नचिनेको मौन अवधिको समयलाई हटाएको बताए । उनले सञ्चारजगत र निर्वाचन आयोग एउटै सिक्काका दुई वटा पाटा भएर अघि बढ्ने हो भने निर्वाचनमा हुने जोखिमलाई कम गर्न सकिने बताए ।

    ‘कार्तिक ६ गतेदेखि १७ गतेसम्मको अवधि भनेको प्रत्येक उम्मेदवारहरुले घरदैलो गर्ने कार्यक्रम रहेको अवस्था विद्यमान हो । १८ देखि मंसिर २ गतेसम्म १७ दिनको समय भनेको हरेक प्रतिनिधित्व गर्न चाहने प्रतिनिधि जो उम्मेदवारी दिएर प्रतिनिधित्व गर्न घरदैलो गरिरहनुभएको छ । उहाँहरुले कोण सभा, आम सभा, र्याली, गोष्ठी, सेमिनार लगायतका कार्यक्रमहरु गरेर निर्वाचन प्रचारप्रसार गर्न सक्नुहुन्छ । २ देखि ४ गतेसम्मको अवधि भनेको पेचिलो अवधि हुन्छ । मौन अवधि भनेर ऐन, नियमको कुनै पनि ठाउँमा मौन अवधि भनेर हामीले देखेनौँ’, आयुक्त भण्डारीले भने, ‘यो भन्दा अघि धेरै पटक मौन अवधि भनेर राखिँदो रहेछ । संविधान, ऐन र नियमले नदेखेको नचिनेको मौन अवधि भनेर भन्ने त्यो शब्दान्तर गरेर राखेको शब्दलाई हामीले हटाएर, हामी आफैँ अहिले मौन बसेको अवधि हो । ४ गते निर्वाचन हुँदैछ । त्यसपछि एक हप्ताको समय मत गणना र घोषणा हुन्छ ।’