× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज देखि तनहुँको बिमलनगरबाटै सवारी चालक अनुमति पत्र लिन सकिने

    २ वर्ष पहिले

    कार्तिक ६, तनहुँ ।

    सवारी चालक अनुमति पत्र लिन कै लागि अब टाढा जानु नपर्ने भएको छ । तनहुँको बिमलनगरमा रहेको यातायात ब्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्रका लागि आजदेखि आवेदन खुला गरेको छ । लाइसेन्सको लागि अनलाइन मार्फत जो कोहीले पनि आवेदन दिन सकिन कार्यालयका निमित्त प्रमुख विष्णु बहादुर क्षेत्रीले जानकारी दिए ।

    आवेदन खुला गरिएसंगै तनहुँ, लमजुङ, गोरखा, चितवन लगाएतका सेवाग्राहीलाइ सवारी चालक अनुमति पत्रलिन सहज हुने भएको छ । यस अघि यस क्षेत्रका सेवाग्राही सवारी चालक अनुमति पत्र लिन पोखरा, काठमाण्डौ, विरगञ्ज, हेटौडामा रहेको कार्यालयबाट सवारी चालक अनुमति पत्र लिनुपर्ने बाध्यता रहदै आएको थियो ।

    कार्यालयबाट ए वर्गमा पर्ने मोटरसाइकल, स्कुटर र मोपेड, के वर्ग अन्तर्गतको स्कुटर, बि वर्ग अन्तर्गतको कार, जीप, डेलिभरी भ्यानको लागि अहिले सवारी चालक अनुमति पत्र दिइने छ ।
    भौतिक पूर्वधार मन्त्रालय र विभागमा सी वर्ग अन्तर्गतको टेम्पो, अटो रिक्सा, जे १ वर्ग अन्तर्गतको एक्स्काभेटर, जे २ वर्ग अन्तरगतको ब्याकहुक लोडर र इ वर्ग अन्तर्गतको ट्याक्टरको समेत सवारी चालक अनुमति पत्र वितरण गर्न अनुमतिको लागि समेत प्रक्रिया थालिएको छ । तर, अनुमति पाए पनि चार वर्गको सवारी चालक अनुमति पत्र वितरणको प्रक्रिया तत्काल सुरु नहुने कार्यालय प्रमुख क्षेत्रीले बताए ।

    सवारी चालक अनुमति पत्रको लागि साताको तीन दिन परीक्षा सञ्चालन हुने छ । लिखित परीक्षा सञ्चालनको लागि कार्यालय भवनमानै ठाउँ तयार गरिएको छ । ‘लिखित परीक्षा सञ्चालनको लागि कार्यालय भवनमानै ठाउँ तयार गरेका छौ’, प्रमुख क्षेत्रीले भने,‘ट्रायल भने निजी क्षेत्रले निर्माण गरेको ट्रायल सेन्टरमा हुने छ ।’


    यातायात व्यवस्था सेवा कार्यालयबाट यस अघि सवारी साधनको दर्ता, नामसारी, सवारी दर्ता प्रमाण पत्र नवीकरण रुट परमिट जारी गर्ने नवीकरण गर्ने सवारी साधनको जाँच पास गर्ने, सवारी चालक अनुमति पत्रको नवीकरण लगायतको काम हुँदै आएको कार्यालयका मेकानिकल सुपरभाइजर सुवर्ण बरालले बताए ।