× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पृथ्वीराजमार्ग र मु-ना सडक खण्डमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु, ३ घाइते ।

    २ वर्ष पहिले

    कार्तिक ७, मुग्लिन
    रमाइलोडाडा नजिकै दुर्घटना
    आइतबार राति भएको छुट्टा छुट्टै दुर्घटामा २ जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ स्थित रमाइलोडाडामा आज विहान अन्दाजी ५ बजेको समयमा ट्रकसंग मोटरसाइकल ठक्कर खादा मोटरसाइकलमा सवार एकको मृत्यु र एक घाइते भएका छन् । नवलपरासीबाट काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ९२३१ नम्बरको ट्रकमा विपरित दिशाबाट आउदै गरेको ना ४७ प ९११६ नम्बरको मोटरसाइकल ठक्कर खादा मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भई उपचारको लागि भरतपुर पठाइएको मा एक जनाको उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृत्यु हुनेमा जिल्ला सर्लाही बाग्मती नगरपालिका वडा नं. ८ बस्ने सुनिल सिंह रहेको प्रहरीले बताएको छ । त्यस्तै मोटरसाइकल पछाडी सवार जिल्ला सर्लाही बाग्मती नगरपालिका वडा नं. ८ बस्ने वर्ष १९ को निसा मगरको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनमा परेको मोटरसाइकल, ट्रक र ट्रक चालकलाई प्रहरी चौकी कुरिनटाले आफ्नो नियन्त्रणमा लिएको छ ।


    मौवा खोला दुर्घटना
    पृथ्वीराजमार्ग अन्तगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ स्थित मौवा खोलामा राति अन्दाजी १२ बजेको समयमा मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टदा मोटरसाइकल चालक गम्भीर घाइते भई उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मृत्यु हुनेमा जिल्ला चितवन इच्छाकामना गाउँपालिका वडा नं. ३ फिस्लिङ्गका वर्ष ३२ को प्रेम बहादुर गुरुङ्ग रहेको प्रहरीले जनाएको छ । गजुरीबाट मुग्लिन तर्फ आउदै गरेको ना ३३ प ३६५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको ट्राफिक प्रहरीले कार्यालय मुग्लिनका प्रमुख शैलेन्द्र प्रसाद यादवले हाइवे समाचारलाई जानकारी दिएका छन् ।


    मोवा खोला दुर्घटना
    त्यस्तै पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाएपालिका वडा नं. ३ स्थित मौवा खोला नजिकै माछा बोकेको योद्धा जिप सडकबाट त्रिशुली किनारमा खस्दा चालक घाइते भएका छन् । नवलपरासीबाट काठमाण्डौ जादै गरेको लु २ च ३०२७ नम्बरको योद्धा सडकबाट १५० मिटर तल त्रिशुली नदिमा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते हुनेमा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका वडा नं. १२ बस्ने वर्ष २२ को पारस सुनार रहेको र उन्को अवस्था सामान्य रहेको प्रहरीले बताएका छन् ।
    चुमखोला दुर्घटना
    पृथ्वी राजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ चुमखोला नजिकै राति अन्दाजी १० बजेको समयमा कार र माइक्रो बस ठोक्किएर दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । मुग्लिनबाट काठमाण्डौ तर्फ जादै गरेको प्र. ३–०१०२४ च ०८७२ नम्बरको कारलाई सोही दिशा तर्फ जादै गरेको बा ४ ख १५१७ नम्बरको माइक्रोले ठक्कर दिदा कारमा सवार जिल्ला चितवन रत्ननगर नगरपालिका वडा नं. १४ का राम कर्ण सामान्य घाइते भएको प्रहरीले बताएको छ ।

    सिमलताल दुर्घटना
    नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत आज विहान अन्दाजी १० बजेको समयमा चितवनको भ.म.न.पा. वडा नं. २९ सिमलतालमा माइक्रोबस र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक घाइते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्र्फ जादै गरेको बा ४ ख ४१८६ नम्बरको माइक्रोलाई सोही दिशा तर्फ जादै गरेको बा.प्र. ०२०३०३७ प ०८६४ नम्बरको मोटरसाइकलले ओभरट्याक गर्ने क्रममा दुर्घटना भएको अस्थायी प्रहरी पोष्ट नौकिलोले जनाएको छ । दुर्घटामा परी घाइते हुनेमा जिल्ला धादिङ्ग बैरेनी चिप्ले गा.पा. १ बस्ने वर्ष १९ को विवेक वि.क. रहेको र उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले बताएको छ ।