× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पछिल्लो २४ घण्टामा ४२ संक्रमित थपिँदा एक जनाको मृत्यु

    २ वर्ष पहिले

    कार्तिक -७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४२ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ७ सय ३ सय जना पुगेको छ ।

    २४ घण्टामा ५ सय जनाको पिसिआर परीक्षण गर्दा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ५४ हजार १ सय ७१ जनाको पिसिआर भएको जनाईएको छ।

    २४ घण्टामा ४ सय २१ एन्टिजन विधिबाट परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ३८ हजार १ सय ५१ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।

    २४ घण्टामा ४३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ७ सय ८४ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ जना रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ६ सय ९२ जना रहेको छ।