× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारले एकै निर्वाचन क्षेत्रमा ३ वटा भन्दा बढी सम्पर्क कार्यालय खोल्न नपाउने

    २ वर्ष पहिले

    कार्तिक-८, मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुले एकै निर्वाचन क्षेत्रमा ३ वटा भन्दा बढी सम्पर्क कार्यालय खोल्न नपाउने भएका छन् ।

    निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरि बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न सक्ने बताएको छ ।

    त्यस्तै, प्रदेश सभाका उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउने पनि व्यवस्था निर्वाचन आयोगले गरेको छ ।

    यसरी खोलिएको सम्पर्क कार्यालयका लागि लिइएको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश हुने पनि आयोगले जनाएको छ ।