× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गोरखाको त्रिवेणी भगवती मन्दिर परिसरमा मेला महोत्सव एवं तुलसी विवाह तथा श्रीमद्भागवत वाचन सप्ताह ज्ञान हुने

    २ वर्ष पहिले

    कार्तिक-९, गोरखा जिल्ला शहिद लखन गाउँपालिका ३ स्थित त्रिवेणी भगवती मन्दिर परिसरमा हरिबोधनी एकादशी त्रिवेणी मेला महोत्सव एवं तुलसी विवाह तथा श्रीमद्भागवत महापुराण वाचन सप्ताह ज्ञान आयोजना हुने भएको छ ।

    श्री त्रिवेणी धार्मिक तथा पर्यटकिय स्थल विकास व्यवस्थापन समितिद्वारा आयोजित हरिबोधनी एकादशी त्रिवेणी मेला महोत्सव एवं तुलसी विवाह तथा श्रीमद्भागवत कथा वाचन यही कार्तिक १२ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ ।

    श्री त्रिवेणी भगवती माताको मन्दिर पुनर्निर्माणको उद्देश्यले आयोजना हुने सो एकादशी त्रिवेणी मेला महोत्सव श्रीमद्भागवत् जीवनदर्शन कथा सत्संगका प्रखर प्रवक्ता राधिका दासीले कथा वाचन गर्ने छ ।

    मनकामना माताको कान्छी बहिनीको रूपमा रहेको त्रिवेणी भगवतीको मन्दिर परिसरमा सदियौं देखि हरेक हरिबोधनी एकादशीमा मेला लाग्ने सो स्थानमा यस पटक मेला संगै श्रीमद्भागवत् कथा वाचन हुने भएको हो।

    महोत्सव एवं तुलसी विवाह तथा श्रीमद्भागवत कथा वाचन सप्ताह ज्ञान हुने कार्यक्रम अनुसार कार्तिक १२ गते बृहत् कलश यात्रा, सत्संग प्रारम्भ एवं उद्घाटन , कार्तिक १२ देखि १८ गतेसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि ४ बजेसम्म कथावाचन एवं झाँकी, साझँ ७ बजे देखि ९ बजेसम्म कथा महात्म्य एवं झाँकी प्रदर्शन हुने त्रिवेणी भगवती धार्मिक तथा पर्यटकिय स्थल विकास व्यवस्थापन समितिका अध्यक्ष सूर्य गुरुङले बताउनुभयो ।