२ वर्ष पहिले
कार्तिक -१३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ७ सय ७७ सय जना पुगेको छ ।
२४ घण्टामा ८ सय ५५ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ५६ हजार २ सय ५२ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा २ सय ७५ एन्टिजन विधिबाट परीक्षण गर्दा १ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ४० हजार ६ सय ६० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा ३४ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८७ हजार ९ सय ७९ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ सय ५२ जना रहेको छ।