× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    ब्राजिलको राष्ट्रपतिमा ७७ बर्षिया बामपन्थी नेता लुला दा सिल्भा विजयी

    २ वर्ष पहिले

    कार्तिक-१४, दिग्गज वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिस्पर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् ।

    आर्थिक अनियमितताको आरोपपछि सन् २०१० मा राष्ट्रपति पद छाड्न बाध्य भएका सिल्भा भ्रष्टाचारको अभियोगमा १८ महिना जेल परेका तापनि उनको लोकप्रियता खासै नखस्किएको ताजा निर्वाचन परिणामले देखाएको छ ।

    राष्ट्रपतिमा निर्वाचित सिल्भाले तीतो रूपमा विभाजित ब्राजिलमा ‘शान्ति र एकता’को लागि आह्वान गरेका छन् । देश अब अन्तर्राष्ट्रिय रुपमा बहिस्कृत नरहेको बताउँदै उनले जीवित अमेजनको आवश्यकतालाई प्रकाश पारे ।

    ‘स्थायी युद्धको अवस्थामा विभाजित राष्ट्रमा बस्नु कसैको हितमा छैनँ, ७७ वर्षीय वामपन्थी सिल्भाले अति दक्षिणपन्थी बोल्सोनारोलाई पराजित गरेपछि विजयी भाषणमा भने ।

    यसैबीच बोल्सोनारो सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाहीको अन्त्यसँगै ब्राजिल प्रजातन्त्रमा फर्केपछि पुनः चुनाव जित्न नसक्ने पहिलो वर्तमान राष्ट्रपति बनेका छन् ।