२ वर्ष पहिले
कार्तिक-१५, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २९ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ८ सय १२ सय जना पुगेको छ ।
२४ घण्टामा ६ सय १९ जनाको पिसिआर परीक्षण गर्दा २९ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ५७ हजार ३ सय ५४ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा १५ एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ४१ हजार १ सय १ सय २६ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा २३ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार ३८ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ सय २८ जना रहेको छ।