२ वर्ष पहिले
कार्तिक-१८, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ९ सय ४५ सय जना पुगेको छ ।
२४ घण्टामा ९ सय ८३ जनाको पिसिआर परीक्षण गर्दा २२ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ६१ हजार ३ सय २ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ८ सय ६२ एन्टिजन विधिबाट परीक्षण गर्दा ३ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ४४ हजार ९ सय ७७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा २८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार १ सय १० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ सय ६९ जना रहेको छ।