× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सन्दीप लामिछाने केन्द्रीय कारागार चलान

    २ वर्ष पहिले

    कार्तिक-१८, नाबालिका बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टीमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

    न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म लामिछानेलाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले बताए। लामिछानेलाई केन्द्रीय कारागार चलान गरिने उनले बताए।

    कात्तिक १४ गते लामिछानेलाई १० देखि १२ वर्ष कैद सजाय, जरिवाना र पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग सहित मुद्दा दर्ता भएको थियो। भदौ ५ गते राति नाबालिकालाई लामिछानेले गौशालास्थित एक होटलमा पुर्‍याएर जबर्जस्ती करणी गरेको आरोप छ। लामिछानेले दुई पटक जबर्जस्ती करणी गरेको अभियोगपत्रमा उल्लेख छ।

    लामिछानेले भने प्रहरी र अदालतमा आफूले ती बालिकालाई बलात्कार नगरेको दाबी गरेका छन्। बालिकाकै करबलमा घुम्न गएर होटलमा बसे पनि जबर्जस्ती करणी नगरेको उनले बयानमा खुलाएका छन्।