× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनको क्षेत्र नं २ मा एमालेका उम्मेदवारहरुको घरदैलो अभियान तिब्र, एकिकृत समाजवादी चितवनका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामना इन्चार्ज एमालेमा प्रवेश

    २ वर्ष पहिले

    कार्तिक-१९, चितवनको क्षेत्र नं २ मा नेकपा एमालेको उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्र रुपमा अगाडि बढाएका छन् ।आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा एमालेले घरदैलोसंगै चुनावी प्रचारप्रसारलाई तिब्रता दिएको हो ।

    शनिवार एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्णभक्त पोखरेल तथा प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिलवालले कार्यकर्ता तथा सर्वसाधारणको ब्यापक उपस्थितिमा इच्छाकामना वडा नं ३ को फिस्लिङ , चुम्लिङटार र कुरिनघाट बजार,वडा नं ४ को कुरिनटार र केबलकार तथा बडा नं ५ को मुग्लिन बजारमा घरदैलो अभियान गरि जनता संग भोट मागेका छन्।

    घरदैलो अभियान पछि मुग्लिन बजारमा आयोजित कोणसभामा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले देशको कानुन निर्माण कार्य गर्नुका साथै इच्छाकामनाको विकासका सधैं लागि परिरहेको र विभिन्न ग्रामीण सडक तथा विधुतीकरणको लागि बजेट पार्नुका साथै युवाहरुको संस्थाको लागि पनि बजेट पारेको हुँदा इच्छाकामनाबासीले पुन मत दिनेमा विश्वस्त रहेको समेत बताएका छन् ।

    यसैगरी प्रदेश सभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिलवालले आफु इच्छाकामनाका भुमीपुत्र हुनुका साथै हिजो जनप्रतिनिधि भएर काम गर्दा जनताको अगाडि शिर निहुरिनु पर्ने कार्य नगरेको हुँदा आफ्नो जीत निश्चित भएको बताउनु भयो।आफू विजयी भएपछि यहाँका जनताहरुको हरेक दुःख, सुखमा साथ दिने प्रतिवद्धता जनाए ।

    कोणसभमा नेकपा एकिकृत समाजवादी चितवनका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामना इन्चार्ज रामचन्द्र सिलवाल तथा इच्छाकामना नेविसंघ का अप्निस पोख्रेल एमालेमा प्रवेश गरेका छन्।