२ वर्ष पहिले
कार्तिक-२०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५१ हजार ९ सय ८९ सय जना पुगेको छ ।
२४ घण्टामा १ हजार २ सय १९ जनाको पिसिआर परीक्षण गर्दा २६ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ६२ हजार ९ सय ७० जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ६ सय ६० एन्टिजन विधिबाट परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ४६ हजार ४ सय ६४ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा १८ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार १ सय ४५ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ सय ७० जना रहेको छ।