× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    हाल बेलायत बस्ने इच्छाकामना मुग्लिनका सरु गुरुङ राना ‘क्वालिटी ईन्टरटेनमेन्ट राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित

    २ वर्ष पहिले

    कार्तिक -२२, चितवनको इच्छाकामना मुग्लिनमा जन्मेर हाल बेलायत कर्मथलो बनाएकी सरु गुरुङ राना ‘क्वालिटी इन्टरटेनमेन्ट राष्ट्रिय नारी सम्मान २०७९’ बाट सम्मानित भएकी छन्।

    विगत लामो समयदेखि नायिकाको रुपमा सक्रिय रहँदै आउनुभएको र पछिल्लो समय बेलायतमा रहेर पनि चलचित्र, म्यूजिक भिडियोमा अभिनयका साथै कोरियोग्राफीमा समेत निरन्तर योगदान दिँदै आउनुभएको र सामाजिक अभियन्ताको रुपमा पनि स्थापित पहिलो गुरुङ चलचित्रकी नायिका तेन्यान सरु गुरुङ रानाले अभिनय मार्फत चलचित्र तथा गीत संगीत क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै क्वालिटी फिल्म्स प्रालि द्वारा ‘क्वालिटी ईन्टरटेनमेन्ट २०७९’ समारोहमा ‘क्वालिटी ईन्टरटेनमेन्ट राष्ट्रिय नारी सम्मान २०७९’ वाट सम्मान गरिएको आयोजकले बताएको छ।

    नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा भएको समारोहमा बेलायत बसाईका कारण कार्यक्रममा उपस्थित हुन नसक्दा सो अवार्ड उहाँका दाजु किशोर गुरुङले ग्रहण गर्नु भएको थियो।

    क्वालिटी फिल्मस्ले कार्तिक २१ गते राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा आयोजना गरेको दोस्रो संस्करणको ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९’मा विभिन्न ४० विधामा अवार्ड प्रदान गरेको हो । चलचित्र, गीत, संगीत, म्युजिक भिडियो, फेशन तथा मोडलिङका विभिन्न विधामा यो अवार्ड प्रदान गरिएको छ ।

    अवार्ड समारोहमा यसपटक दिका गुरुङलाई लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । तीन दशकभन्दा लामो समयदेखि ध्वानी सम्पादकको रुपमा सक्रिय रहेका कारण उनलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको फिल्मस्का अध्यक्ष उमेश गुरुङले बताए ।

    यस्तै यो वर्ष क्वालिटी इन्टरटेनमेन्ट पत्रकारिता पुरस्कार राजधानी दैनिकका कला पत्रकार डब्बु क्षत्रीलाई प्रदान गरिएको छ ।