२ वर्ष पहिले
कार्तिक-२३, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२ हजार २५ जना पुगेको छ ।
२४ घण्टामा ६ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ६५ हजार १३ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा ६ सय १२ एन्टिजन विधिबाट परीक्षण गर्दा शुन्य संख्यामा पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ४८ हजार ३ सय ६७ जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा १२ जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार १ सय ८० जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ सय ६७ जना रहेको छ।