× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    रामदेवको कम्पनीद्वारा उत्पादित पाँचवटा औषधि माथि प्रतिबन्ध

    २ वर्ष पहिले

    कार्तिक-२५, योग गुरु बाबा रामदेवको कम्पनी दिब्य फार्मेसीद्वारा उत्पादित पाँचवटा औषधिमा उत्तराखण्ड सरकारले प्रतिबन्ध लगाइएको छ । ‘भ्रामक विज्ञापन’ गरेको आरोप लागेपछि यो कारबाही गरिएको हो ।

    भारतबाट प्रकाशित अंग्रेजी पत्रिका द हिन्दूको रिपोर्ट अनुसार उत्तराखण्डको आयुर्वेदिक र युनानी सेवाका अधिकारीहरूले पतञ्जलीका उत्पादनहरू बनाउने दिव्या फार्मेसीलाई पाँचवटा औषधिको उत्पादन रोक्न आग्रह गरेका छन्। यससँगै कम्पनीलाई यी पाँच उत्पादनका विज्ञापन मिडियाबाट फिर्ता लिन पनि भनिएको छ ।

    द हिन्दूले रिपोर्ट गरे अनुसार योग गुरु रामदेवको पतञ्जली कम्पनी अन्तर्गत पर्ने यो फार्मेसीले बारम्बार ‘ड्रग्स एण्ड म्याजिक रेमेडिज एक्ट’ को उल्लङ्घन गरेको पाइएको थियो।

    उत्तराखण्ड आयुर्वेदिक एण्ड युनानी सर्भिसेजका लाइसेन्स अधिकारी डा. जीसीएस जङ्गपाङ्गीले पठाएको पत्रमा फार्मेसीलाई दिव्या मधुग्रित, दिव्ययाग्रिट गोल्ड, दिव्या थाइरोग्रिट, दिव्या बीपीग्रिट र दिव्या लिपिडोम औषधिको उत्पादन तत्काल बन्द गर्न भनिएको छ। यी औषधिहरू मधुमेह, आँखाको संक्रमण, थाइराइड, रक्तचाप र कोलेस्ट्रोल नियन्त्रण गर्न प्रयोग गरिन्छ।

    डा. जङ्गपाङ्गीलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, ‘हामीले एउटा टोली बनाएका छौं जसले यी औषधिहरूको फर्मुलेसन शिटहरूको समीक्षा गर्नेछ। दिव्या फार्मेसीलाई पनि एक हप्ताभित्र संशोधित लेबल दाबी पेश गर्न भनिएको छ।’

    यी पाँच औषधिको फर्मुलेसन सम्बन्धित विभागबाट स्वीकृत नभएसम्म औषधिको उत्पादन बन्द गर्न दिव्य फार्मेसीलाई निर्देशन दिइएको पत्रिकाले जनाएको छ ।

    भविष्यमा पनि दिव्य फार्मेसीको विज्ञापनका लागि आयुर्वेद र युनानी लाइसेन्सिङ प्राधिकरणबाट स्वीकृति लिनुपर्ने ती अधिकारीले बताए ।

    यदि स्वीकृतिविना विज्ञापन जारी रह्यो भने कानूनबमोजिम कारवाही गरिने जनाइएको छ ।