× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गार्डेन मार्टको ३४ औ शाखा मुग्लिनमा

    २ वर्ष पहिले

    कार्तिक २६, मुग्लिन
    शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले पछिल्लो समय देशभर शाखा विस्तार गर्ने क्रमम मुग्लिनमा ‘गार्डेन मार्ट’को नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मुग्लिनमा संचालनमा आएको शाखा मार्टको २१ औं शाखा हो ।


    इच्छाकामना गाउपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्ग र मार्टका प्रमुख कार्यकारी अधिकृत जुयस भट्टराईले संयुक्त रुपमा रिवन काटेर मार्ट सञ्चालनको शुभारम्भ गरेका हुन् । प्रतिस्पर्धाले उपभोक्तालाई सहज र सुलभ मूल्यमा सामान पाउने अवस्था रहने र यस्ता मार्टको सञ्चालनले स्थानीय उपभोक्तालाई धेरै फाइदा पुग्ने इच्छाकामना गाउपालिकाको अध्यक्ष गुरुङ्गले बताए । सहकारीले लगानी गर्दा स्थानीयहरुको आयआर्जन र उत्पादन क्षेत्रमा विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिए ।


    मोफलसलका उपभोक्ताहरुलाई समेत सहज ढंगबाट गुणस्तरीय सेवा प्रदान गर्ने मुख्य उद्देश्यका साथै आधुनिक ट्रेन्टलाई निरन्तरता दिदै मुग्लिनमा शाखा विस्तार गरेको सहकारीका प्रबन्धक निर्देशक जुयस भट्टराईले बताए । एउटै छानामुनी दैनिक उपभोग्य सामान देखि लत्ता कपडा, कस्मेटिक लगायतका सामान किन्न पाउने भएकोले स्थानीयहरु निकै लाभान्वित हुने उन्ले बताए ।


    भक्तपुरको कौशलटारमा मुख्य शाखा कार्यालय रहेको यो सहकारी संस्थाले मकवानपुरको हेटौडा, चितवनको टाँडी, पोखरा, बाग्लुङ, डडेलधुरा, भक्तपुरको कमलविनायक, कीर्तिपुर, लतिलपुरको ठैब, दाङको तुल्सिपुर, बाँकेको नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर, झापाको दमक र उदयपुरको गाइघाटमा गार्डेन मार्ट सञ्चालनमा ल्याइसकेको छ ।


    मार्टमा विभिन्न ब्राण्डका चामल, दाल, चिनि, चियापत्ति, चकलेट, घ्यू, मह, जुस लगायतका दैनिक उपभोग्य सामग्री, आधुनिक कृषि उपकरण, मर्मत सम्भारका लागि आवश्यक सम्पूर्ण पार्टपूर्जाहरू, गार्मेन्ट्सका प्रोडक्टहरु, भाँडा वर्तन, श्रृङ्गारका सामग्री, स्टेशनरी, जुत्ता, ब्याग लगायतका सामग्रि विक्रिका लागि राखिएको छ । शुभारम्भको अवसरमा मार्टले सम्पुर्ण सामाग्रीहरुमा बिषेश छुटको समेत व्यवस्था गरेको छ ।