× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    आँबुखैरेनीमा मृगौला पिडितलाई आर्थिक सहयोग

    २ वर्ष पहिले

    कार्तिक २७, तनहुँ
    डाँडाटोल सुधार समिति आँबुखैरेनीले दुबै मृगौला खराब भइ उपचार गराई रहेको १७ बर्षिय एक स्थानीय युवकलाई उपचारमा सहयोग पुगोस भनेर आर्थिक सहयोग गरेको छ ।


    मृगौला रोगबाट पिडित आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का स्थानीय निराजन दर्लामीलाई उपचारमा सहयोग पुगोस भनेर टोल सुधार समितिले ६३ हजार ५ सय १० रुपैया सहयोग गरेको हो ।

    विभिन्न संघ संस्था तथा मनकारी व्यक्तित्वहरुबाट संकलित सहयोग रकम आँबुखैरेनी गाउँपालिका वडा नंं. ३ का वडा सदस्य मनोज श्रेष्ठको उपस्थितिमा विरामीका बुबा मेक दर्लामीलाई एक कार्यक्रमक बिच समितिका अध्यक्ष प्रकाश श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।


    दर्लामीको उपचारको लागि आँबुखैरेनी गाउँपालिका अन्तरगतका विभिन्न टोल सुधार समिति, विभिन्न वित्तीय संस्था, नेवार गुठी, विभिन्न संघ संस्था र देश विदेशबाट गरी १३ लाख रुपैया संकलन भएको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा सदस्य मनोज श्रेष्ठले बताउनुभयो ।


    आफ्नो छोराको उपचारको लागि आर्थिक सहयोग गरेकोमा विरामीका बुबा मेक दर्लामीले सम्पुर्ण सहयोगी व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेका थिए । दुवै मृगौलामा समस्या भएका दर्लामीको हाल काठमाण्डौ स्थित रहेको सहिद धर्मभक्त हस्पिटलमा डायलासिस गराउदै आएको छ । यस डाडा टोल सुधार समितिले आर्थिक अभावका कारण विभिन्न समस्यामा परेका व्यक्तिहरुलाई आर्थिक संकलनमा सहयोग गर्दै आएको समितिका अध्यक्ष प्रकाश श्रेष्ठले बताए ।