× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चुनावी सभालाई सम्बोधन गर्ने एमाले अध्यक्ष ओलीले भोलि चितवन आउने

    २ वर्ष पहिले

    कार्तिक -२७, चुनावी आम सभालाई सम्बोधन गर्न नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि चितवन आउने भएका छन्।

    गेस्ट हाउस चौर भरतपुरमा एमाले चितवनले आयोजना गरेकाे चुनावी आम सभालाई सम्वोधन गर्न एमाले अध्यक्ष ओली आउने भएका हुन्। सभालाई एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

    चुनावी सभामा जिल्लाभरबाट २५ हजार भन्दा बढी जनता सहभागी हुने एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए। भरतपुरका तीन ठाउँमा जम्मा भएर कार्यक्रम स्थलको लागि र्‍याली निस्कने उनले बताए। उनका अनुसार केन्द्रिय बसपार्क चोक, मालपोत चोक र चौविसकोठीबाट र्‍याली निस्कने छ।

    एमाले अध्यक्ष ओली भोलि बिहान साढे ११ बजे कार्यक्रम स्थलमा आइपुग्ने उनले जानकारी दिए। भोलि नै अन्य जिल्लामा समेत कार्यक्रम तय भएकाले दिउँसो १ बजेसम्म ओलीले आफ्नो सम्बोधन सकिसक्ने छन्। आम सभालाई व्यवस्थित बनाउन नेकपा एमाले चितवन, निर्वाचन परिचालन कमिटी बनाइएको छ।