२ वर्ष पहिले
कार्तिक-२७, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै नेपालमा संक्रमित हुनेको संख्या ११ लाख ५२ हजार ७४ जना पुगेको छ ।
२४ घण्टामा ७ सय ६४ जनाको पिसिआर परीक्षण गर्दा १४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा ५९ लाख ६७ हजार ८ सय २ जनाको पिसिआर भएको जनाईएको छ।
२४ घण्टामा १ हजार २ सय २१ एन्टिजन परीक्षण गर्दा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । हालसम्ममा १४ लाख ५१ हजार ४ सय २० जनाको एन्टिजन विधिबाट परीक्षण भएको जनाईएको छ ।
२४ घण्टामा ३० जना निको भएका छन् । कुल निको हुनेको संख्या ९ लाख ८८ हजार २ सय ७३ जना पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमित निको हुने प्रतिशत ८६ रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १२ हजार १९ जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ सय १४ जना रहेको छ।