× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    निर्वाचनका लागि मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय

    २ वर्ष पहिले

    कार्तिक-२९, प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर सरकारले चार दिन बिदा दिने निर्णय गरेकाे छ ।

    गृह मन्त्रालयका अनुसार सरकारले आगामी मंसिर ४ गतेका लागि तय भएकाे दुवै तहकाे निर्वाचनका लागि मंसिर २ गतेदेखि ५ गते बिदा दिने निर्णय गरेकाे हाे ।

    गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले विज्ञप्ति जारी गर्दै शिक्षण संस्था विद्यालयमा मंसिर २ देखि ५ गतेसम्म र सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् ।

    निर्वाचन आयोगले सरकारले चुनावका समयमा सार्वजनिक बिदा दिन सिफारिस गरेको थियो । त्यसकै आधारमा गृहमन्त्रालयले बिदा दिने निर्णय गरेको हो ।