× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवन क्षेत्र नं.२ का गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठको गाडी तोडफोड

    २ वर्ष पहिले

    कार्तिक-३०, प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ का गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ ।

    आज विहान भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिकै आमा समूहले गरेको कार्यक्रममा सहभागि हुँदै गर्दा ३ वटा मोटरसाइकलमा आएका समूहले ढुंगा हानेर गाडीको सिसा फुटाएका छन् । बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा तोडफोड हुँदा अगाडिको सिसा फुटेको छ ।

    तोडफोड गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उम्मेदवार श्रेष्ठ आज विहानैदेखि भरतपुरका विभिन्न क्षेत्रमा घरदैलोमा व्यस्त छन् ।