× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    राज्यले आफूलाई बारम्बार दुख दिए पनि जनताको पक्षमा आवाज उठाउन नछाड्ने रवि लामिछानेको घोषणा

    २ वर्ष पहिले

    मंसिर -१, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यले आफूलाई बारम्बार दुख दिए पनि जनताको पक्षमा आवाज उठाउन नछाड्ने घोषणा गरेका छन्।

    चितवनको नारायणी किनारमा बिहीबार आयोजित विशाल चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले चितवनले जहिल्यै पनि न्याय दिएका कारण आफू कति पनि बिचलित नभएको बताए। ‘मलाई फसाउन खोजिँदा आन्दोलन गरेर चितवनले नै न्याय दिएको थियो, अहिले पनि घेराबन्दीमा पारिएको छ चितवनले चुनावमा जिताएर न्याय दिनेछ’, लामिछानेले भने,‘अब यो नयाँ युगको सुरुवातका निम्ति चितवनले न्यायको मत दिनेछ।’

    नागरिकता विवादको विषयले चर्चामा आएका उनले रास्वपाको चुनावी आम सभालाई सम्बोधन गर्दै चितवनको नारायणी किनारबाट भने,‘अब म बाँचेको प्रमाण मात्र खोज्न बाँकी छ, त्यो पनि खोज्नेछन् कहिल्यै जवाफ नदिएकाहरूले।’

    आगामी ४० बर्षपछिको नेपाललाई उदाहरणीय बनाउने भए रास्वपालाई जिताउन अपिल गरेका लामिछानेले भ्रष्टाचारीलाई ठाउँको ठाउँ तह लगाउने रणनीति अपनाउने बताए।

    उनले आफूलाई अहिलेका शासकले षडयन्त्र गरी गरी फसाएको बताउँदै भने,‘मलाई अभिमन्यु बनाएर चक्रव्युहमा पारिएको छ तर बारम्बार मैले न्यायका निम्ति परिक्षा दिएको छु।’

    लामिछानेले चुनावमा चलखेल हुने आफूलाई जानकारी भएको बताउँदै त्यसलाई रोक्ने बताउँदै सत्ता गठबन्धनलगायतलाई लक्षित गर्दै भने,‘हाम्रो चुनाव चिन्ह त घन्टी हो तर सबैको ब्यान्ड बज्नेवाला छ।’

    लामिछानेको उक्त आम सभामा विभिन्न कलाकारहरूले सम्बोधन गरेका थिए। रमेश उप्रेती, किरण केसी, दिपाश्री निरौला, निर्मल शर्मालगायतका कलाकारले रास्वपालाई जिताउनका लागि अपिल गरेका थिए।