× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    आज सुनको भाउमा सामान्य वृद्धि, चाँदीको घट्यो

    २ वर्ष पहिले

    मंसिर-२,आज (शुक्रबार)साताको कारोबारको अन्तिम दिन सुन भाउमा सामान्य वृद्धि हुँदा चाँदीको घटेको छ।

    सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेर छापावाला सुन ९८ हजार १ सय रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो दिन छापावाल सुन प्रतितोला ९८ हजार रूपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले घटेर प्रतितोला १२ सय ८० रूपैयाँ कायम भएको छ।

    अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियोे।