२ वर्ष पहिले
मंसिर -५, चितवन क्षेत्र नं २ को मतगणना सुरु भएको छ। इच्छाकामना गाउँपालिका १ र २ मा खसेको मतको गणना सुरु गरिएको हो।
प्रतिनिधि सभा सदस्यको २ ठाउँ र प्रदेश सभा सदस्यको २ ठाउँबाट गणना भइरहेको छ।
यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यको लागि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् ।